जनकपुरधाम, असोज १५ गते
३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा नम्बर १०ले ज्येष्ठ नागरिक दिवसको अवसरमा घर दैलोमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण, वडा सचिब जमुना भूजेल वडा सदस्य अमर प्रसाद मंडलसहितका जनप्रतिनिधिले ज्येष्ठ नागरिकको घरमै पुगेर सम्मान गरेका हुन। ज्येष्ठ नागरिक डा.राजेन्द्र प्रसाद विमलसहित वडा नं.१० का सम्पुर्ण ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा नं १० ले आयोजना गरेको ज्येष्ठ नागरिकको सम्मान कार्यक्रममा अध्यक्ष मिथिलेश कर्णले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्क व्यक्तित्व उहाँहरुको ज्ञान,सीप र अनुभवलाई आत्मसात गरेर समाजको विकासका लागी अगाडी बढ्ने बताए । उनले जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भुमिकामा रही प्राप्त हुने ज्ञान,सीप र अनुभवलाई नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिदैं वडा कार्यालयले सेवा सुविधा प्रदान गर्दै आएकोले थप सुविधाको व्ववस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने अध्यक्ष कर्णले प्रतिवद्धता व्यक्त गरेको हो ।