जनकपुरधाम, असोज १६ गते
नेपाल युवा समाज सेवाले आर्थिक सहयोग गरेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका सिनुरजोडा वडा नम्बर २ बस्ने रामचन्द्र दासलाई आज युवा समाजका टोली घरमै पुगेर आर्थिक सहयोग गरेका छन् । दासको आर्थिक अवस्था कमजोर भएकोले युवा समाजका टोलीले नगद १० हजार १सय ५१ रुपैंया आर्थिक सहयोग गरेको हो । नेपाल युवा समाजका अध्यक्ष प्रमोद यादव,उपाध्यक्ष राजेश यादव, कोषाध्यक्ष मणिपत महतो, रंजित दास महासचिब, संतोष यादव सल्लाहकार ,सदस्य किरण देवी भगत,रामनारायण मंडल, लालकिशुन सहनी, मनोज भगत लगायतका टोलीले घरमै पुगेर दासलाई आर्थिक सहयोग गरेको युवा समाजका सचिब श्याम प्रसाद चौरसियाले जानकारी गराएका छन् ।