जनकपुरधाम, असोज १६ गते
लोकतानित्रक समाजवादी पार्टी नेपाल(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकार फेरिदै आएपनि मधेशी जनतासंगको अन्याय कायमै रहेको आरोप लगाएका छन् ।जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै ठाकुरले सरकारले मधेशी जनतासंगको विभेद कायमै राखेको आरोप लगाए । उनले मधेशको मांग सम्बोधन नभएसम्म संघर्ष जारी रहने बताए । नागकिता विधेयक, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा, मधेश आन्दोलनका कतिपय मुद्दाहरु जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालतमा रहेकाले फिर्ता गरी मांग पुरा नभएसम्म संघर्ष जारी नै रहने अध्यक्ष ठाकुरले बताए । लोसपा पनि सरकारमा जाने कुरा चलिरहेको बेला अध्यक्ष ठाकुरले मांग र मुद्दा सम्बोधन भए मात्र सत्तामा जाने कि नजाने सोचौला । मधेशी जनतासंग पटक–पटक अन्याय भएको बताउँदै संघर्षका लागी सबैलाई अगाडी आउनुपर्ने धारणा राखे। अन्तयमा देशको विकास र समाजको समृद्धिमा युवाको महत्वपुर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा जिरोमाइल युवा कमिटीका नव निर्वाचत पदाधिकारीहरुलाई शुभकामना दिदै प्रदेश नं २ का प्रदेश सांसद परमेश्वर साहले राज्यले युवामा लगानी गरे मात्र देशको विकास सम्भव रहेको बताए । उनले समाजको परिर्वतनको दिशा देखाउने र सराहनीय काम गर्दै आइरहेको बताउँदै धार्मिक समाजिक र समाजमा देखिएका कुरुती गलत क्रियाकलाप हटाउन युवालाई आफ्नो भूमिका खेल्न आवश्यक रहेको छ । कुलतमा लागेका युवालाई सहि दिशामा ल्याई समाजमा स्थापित गर्न आवश्यक रहेको प्रदेश सांसद साहले बताए ।
देश र मधेशलाई परिवर्तनको बाटोमा ल्याउन युवालाई डेग अगाडी बढाउनु पर्ने बताएका छन् । शिवशंकर मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख रीता झा, जउनपाका वडा नं ७ का अध्यक्ष जानकीराम साह, वडा नं ८का अध्यक्ष रमेश ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका हुन । उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष शिवशंकर मिश्र,उपाध्यक्ष अजय मंडल महासचिब अरुण कुमार यादव सचिब रुद्र झा कोषाध्यक्ष विनोद कुमार सिंह लगायतका पदाधिकारीहरुले सपथ तथा पद हस्तान्तरण गरेको निर्वाचन प्रमुख रामबाबु साहले बताएका छन् ।