जनकपुरधाम, असोज १७ गते
जनकपुरधाम उपमहानगरपालिका एक सामुदायिक विद्यालयले छात्रवृति वितरण गरेको छ ।
श्री संकट मोचन रामरती उच्च माध्यमिक विद्यालय जनकपुरले आज छात्रवृति वितरण गरेको हो । विद्यालयले कक्षा ५ र ६ मा अध्ययनरत छात्रालाई छात्रवृति वितरण गरेको छ । उच्च माविले पहिलो चरणको छात्रवृति आइतवार वितरण गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह र विद्यालयका प्रधानाध्यापक बलराम साहले विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रवृति हस्तान्तरण गरेको हो । छात्रालाई ४ को दरले छात्रवृति वितरण गरेका छन् । यस अघि कक्षा ७ र ८ का छात्राहरुलाई छात्रवृति वितरण गरिसकेको विद्यालयका शिक्षक सुशिल साहले बताए । दोस्रो चरणको छात्रवृति दलित छात्रलाई वितरण गरिने कार्यक्रम रहेको शिक्षक साहले जानकारी गराएका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षका र छात्र–छात्राहरुको उपस्थिति रहेको थियो ।