जनकपुरधाम, असोज १७ गते
जनकपुरधामको रामान्नद चौकमा साढे ९ वर्षअघि भएको बम विस्फोट घटनामा जन्मकैद सजाय पाएका तत्कालिन धनुषा क्षेत्र नम्बर ४ का सांसद् संजय साह(टकला) को सजाय उच्च अदालत जनकपुरले उल्टायाएको छ । आइतवार उच्च अदालत जनकपुरले जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने गरी फेसाला गरिएको हो ।
जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन्।
बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्।