जनकपुरधाम,असोज १८ गते
जनकपुरधाम उद्योग वाणिज्य संघका एक पदाधिकारीले आफनो जन्म दिनको अवसरमा बाल आश्रममा शैक्षिक सामग्री तथा फलफुल वितरण गरेको छ ।
जउँवा संघका सबै भन्दा कान्छो कार्यकारणी सदस्य नरेन्द्र विक्रम साह(निरज)ले आफ्नो जन्म दिनको अवसरमा जनकपुर उपमहानगरपालिका स्थित बाल आश्रममा राहत वितरण गरेको हो । विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका साहले आफ्नो जन्म दिनको अवसरमा आश्रममा राहत वितरण गरेका छन् ।
बाल आश्रमका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन । काँपी, कलम र फलफुल लगायतका सामग्री वितरण गरेका छन् । उनले प्रत्येक वर्ष आफ्नो साथी, दाजु–भाई तथा दिदि बहिनी संगै मनाउदै गरेको थिए तर यस वर्ष आश्रममा जन्म दिन मनाउँदा धेरै ने खुशी लागेको बताए ।
कार्यक्रममा युवा व्यापारी अमित गुप्ता, कन्हैया हिसारिया, संदीप साह, अमित गुप्ता, गोपल कुमार साह लगायतको उपस्थिति रहेको थियो ।