जनकपुरधाम, असोज १८ गते
धनुषा संग जोडीएका सीमा नाका खोलाउन धर्ना दिएको छ । लोकतान्त्रि समाजवादी पार्टी(लोसपा) का नेता राजिक झाको नेतृत्वमा नाकामा एक दिने धर्ना दिएको हो । धनुषाको धनोजी गाउँपालिका वडा नम्बर ४स्थित भरडिया सीमा नाकामा पार्टीका नेता, कार्यकता र स्थानीयहररुले धर्ना दिएका छन् । नेपाल भारत खुला सिमा संबाद समूह द्वारा कोरोनाको बहानामा बंद रहेको नेपाल भारत सिमा खुला गराउन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र,एक महिना सम्म बोर्डरमा धर्ना बिचार गोष्टि जनजागरण जुम प्रबिधि मार्फत संबाद लगायतका बिरोधका कार्यक्रमहरु गरेको विगतमा गरेकै हो । अहिले प्रत्येक जिल्लामा एक नाकाबाट गाडी आबत जाबत मात्र सुरु गरेको छ। नेपाल भारत सिमा स्थित प्रत्येक नाका खुला गर्नु पर्छ भन्ने मांगका साथ धनौजी गापा अध्यक्ष जिबेन्द्र झा को अध्यक्षता तथा नेता झाको प्रमुख आतिथ्यमा श्याम साह वार्ड २डा अजय मिश्रा, उपेन्द्र मंडल, सन्तोष मंडल, राम सोगारथ भगत, नथुनी मंडल, राजु मंडल सहित स्थानीयहरले धर्ना दिएकान हुन । यसै नाकामा केहिदिन अगाडि मेन बाटोबाट ग्रामीणलाई जान नदिए बाध्य भएर नदि तरि जाँदै गरेकोमा २ जना ग्रामीणको नदिमा डुबेर ज्यान गउको थियो ।