जनकपुरधाम, असोज २१ गते ।
दशैँको अवसरमा प्रत्येक वर्ष झैँ लाग्ने गरेको सस्तो बजार यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजना सस्तो बजार लागेको हो ।
कोरोना महामारी संक्रमणका कारण गत वर्ष भने सस्तो बजार लाग्न नसकेपनि यस वर्ष भने भव्यता साथ राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा अन्य वर्ष झैँ यस वर्ष पनि दशैँ बजार २०७८ लागेको हो । सस्तो बजारको उद्घाटन गर्दै प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले आम उपभोक्ताले सस्तो, सुपथ तथा गुणस्तरीय सामान खरिद गर्न पाउनेमा विश्वास व्यक्त गरे । उनले देशको आर्थिक विकासमा व्यापारीहरुको ठूलो योगदान रहेको बताउदैँ सस्तो बजारले आमजनको जीवनले समेत केहि राहत अवश्य पाउने बताए ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज २१ घटस्थापना देखि २७ महाअष्टमीसम्म दशैँ मेला गोपाल धर्मशालामा शुरु भएको छ । दशैँ बजारमा भित्र तथा बाहिर गरेर १ सय ४ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन् ।
उनले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दशैं मेलावाट गरिब तथा विपन्न वर्गका उपभोक्ताहरुले पनि राहात पाउने विश्वास व्यक्त गरे । उनले दशै, दिपावी तथा छठले मुलुकमा शान्ति, समृद्धि र अमन चयन काम हुने विश्वास पनि व्यक्त गरे । धनुषाका प्रमुख जिल्ला अधिकारी एवं दशै बजार मूल व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद वास्तोलाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रदेश नं २ का प्रदेश सांसद् परमेश्वर साह,जउवा संघका पूर्व अध्यक्षहरु बजरंग प्रसाद साह, प्रकाशचन्द्र साह, निर्मल चौधरी, श्याम प्रसाद साह,नेपाल पत्रकार महासंघका अध्यक्ष मनिका झा, दशैं बजारले आम उपभोक्ताहरुलाई सन्तुष्टि दिने विश्वास व्यक्त गरे । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज २१ गते घटस्थापना देखि २७ गते महाअष्टमीसम्म दशै मेला गोपाल धर्मशालामा शुरु भएको दशै बजारमा भित्र तथा बाहिर गरेर १ सय ४ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिएका छन् ।
दशैं बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, सावुन, सर्फ, अगरबत्ति, प्लाष्टिकका भाडाहरु, लत्ता कपडाहरु, अन्य प्रकारका उपभोग्य सामाग्रीहरु राखिईएको छ । दशै बजारलाई सस्तो बजार पनि भनिने भएकाले यसमा कतिपय उपभोक्ताहरुले दैनिक उपभोगका सामाग्रीहरु वर्ष भरिका लागि खरिद गरेर लाने गरेका हुन्छ । मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्पादन भएका सामानहरुको विक्रि कक्ष रहेको छ ।
यस अघि नै दशैं बजारलाई व्यवस्थित गर्नका लागि आपूर्ती व्यवस्थापन उपसमिति, स्टल व्यवस्थापन उपसमिति, अनुगमन तथा मूल्य निर्धारण उपसमिति, प्रचार प्रसार उपसमिति, सरसफाई उपसमिति, अनुगमन तथा सुपरिवेक्षण उपसमिति, शान्ति सुरक्षा उपसमिति, प्रथमिक उपचार उपसमिति गठन गरेका थिए । कार्यक्रममा जउवा संघका वरिष्ठ उपाध्यक्ष अम्मू प्रसाद साह, महासचिब मनोज कुमार साह, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह साह लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घोष जउवा संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले गरेका थिए ।साभार डेली एक्सप्रेस