काठमाडौंल असोज २२ गते
जनता समाजवादी पार्टी(जसपा) का सांसद् प्रमोद साहलाई झट्का लागेको छ । सांसद् साहको मन्त्री बन्ने बन्ने व्यापक चर्चा चलिरहेको बेला आज झ्टका लागेको हो ।सांसद् साह मन्त्री बन्न जसपाका नेताहरुलाई गुहारर्दै जोडतोडका साथ गृहकार्य गर्दै आइरहेका थिए । जनता समाजवादी पार्टी(नेपाल) बाट सरकारमा मन्त्रीको नाम पठाएकोमा सांसद प्रमोद साहको नाम काटिएको छ । स्रोतका अनुसार मन्त्री पदकै लागी जसपा सम्हालेका सांसद् साहको नाम आज राष्ट्रपति कार्यालयमा पठाएको नामाबालीमा मन्त्रीहरुको लिष्टमा बाट हटाएको हो ।
चारवटा मन्त्रालय पाएको जसपाले साहलाई मन्त्री बनाउने निर्णय गरेको नेताहरूले बताएका थिए।अन्तिम समयमा साहको नाम काटेर महेन्द्रराय यादवको नाम सिफारिस गरिएको जसपा स्रोतले जनाएको छ। यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा सिफारिस गरिएको छ।जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात र रामसहाय यादव वन तथा वातावरणमन्त्रीका लागि सिफारिस भएका छन्।जसपाभित्र विवाद भएको बखत पूर्वराजपाबाट निर्वाचित साह महन्थ समूह छोडेर उपेन्द्र यादवको पक्षमा उभिएका थिए।