जनकपुरधाम, असोज २२ गते
जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष उपेन्द्र यादव जातीवादमा उत्रेको आरोप लगाएको छ । पार्टीको कुनै पनि काममा अध्यक्ष यादवले जातपात मात्र गर्ने गरेको आरोप लागदै आएको छ । पार्टीको सिद्धान्त, मुद्दा र मांग वा मन्त्री गठनमा अध्यक्ष यादवले आफनजो वर्चस्व देखाएर जातपातको राजनीति गर्न थालेको जसपाकै नेताहरुले आरोप लगाएका छन् । मधेशको मुद्दा र मांगलाई विर्सेर अध्यक्ष यादवले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न मात्र लागेको आरोप जसपाका नेताहरुले लगाउँदै आयरहेको छन् । आज राष्ट्रपति कार्यालयमा पठाएको नामाबालीमा मन्त्रीहरुको लिष्टमा मात्र यादव रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) ४ जना मन्त्री मध्ये ३ जना यादव नै हुन । जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री र एकजना राजेन्द्र श्रेष्ठलाई मात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका छन् । यता अध्यक्ष उपेन्द्र यादव जातपातको मात्र राजनीति गर्न थालेको आरोप लगाउँदै जसपाकै नेता तथा कार्यकर्ताहरुले विरगंजमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा नेता तथा कार्यकर्ताहरुले उपेन्द्र यादव मुर्दावाद लगायतका नाराहरु लगाउँदै पार्टीको भण्डा र अध्यक्ष यादवको पुत्ला समेत जलाएको हो ।