जनकपुरधाम, असोज २५ गते
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले एस एम स्कुलका छात्रा छात्राहरुले सांस्कृति झल्काएको छ । दशै दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरु आफ् प्रतिभा प्रस्तुत गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न समुदायको भेषभूषामा सजिएर नृत्य, नाटकको माध्यमबाट आफनो कला प्रस्तुत गरिएको थियो । पाठ्यपुस्तक केन्द्रित शिक्षाले मात्र बालबालिकाहरुको सिकाई पुरा नभई उज्जवल भविष्य निर्माणका लागी अतिरिक्त क्रियाकलापको लागी उतिकै महत्वपुर्ण हुँदा विद्यालयले कल्चरल कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यपक दिपक ठाकुरले बताएका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षका र अभिभावकहरुको उपस्थिति रहेको थियो ।