जनकपुरधाम,असोज २६ गते
सस्तो बजारमा करोडौंको व्यापार भइरहेको छ ।
वडा दशैको अवसरमा जनकपुरधाम स्थित गोपाल धर्मशालामा जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा लागेको सस्तो बजारमा दैनिक करोडौंको व्यपार भइरहेको हो । सस्तो बजारमा विहान देखी साँझसम्म दैनिक डेढ करोड भन्दा बढिको व्यपार भइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिब मनोज साहले बताए । उनले बजार भन्दा अति नै सस्तो मूल्य बजार रहेकोले करोडौको व्यापार हुने गरेको हो । महासचिब साहले मूल्य सस्तो भएकोले ग्राहकहरु आकार्षित भएर खाँस गरी साबुन, सर्फ,अगरवत्ती, चाउचाउ बाल्टिनको बढि व्यापार हुने गरेको छ । ग्राहकहरुका लागी समानमा विषेश दशैं अफर ल्याएकोले सस्तो बजारको व्यपार सम्मान जनक भइरहेको हो । उनले धनुषा ,महोत्तरी र जनकपुर क्षेत्र वरिपरिका बढि ग्राहक आउने गरेका छ्न् । बजारमा समान खरिद गर्न दैनिक ७ देखी ८ हजारसम्म ग्राहक आउने गरेको उनले बताए ।सस्तो बजारमा समानमा कम तौल हुने गरेको कतिले भनिरहँदा महासचिब साहले जनकपुरको बजारलाई केही व्यक्तिले बदनाम गर्न खोजिरहेको आरोप लगाउँदै बजारमा गुणस्तरीय समान र तौल समेत निको भएको दावी गरेको हो ।कोरोना महामारीको कारण जनकपुरको बजार धरासायी अवस्थामा पुगेको सबैलाई थाहा नै होला तर अब बजार विस्तारै विस्तारै गति लिइरहेको उनले बताए । बजारमा स्थानीय उद्योगी व्यवसायीहरुले भित्र र बाहिर विभिन्न १०८ वटा लागाएका हुन । साभार डेली एक्सप्रेस