जनकपुरधाम, असोवज २६ गते
धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोले विभिन्न शक्तिपीठहरुमा दर्शन गरेका छन ।
धनुषाको विभिन्न शक्तिपीठहरुमा सांसद् महतोले सोमवार साँझ दर्शन गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का वरिष्ठ नेता समेत रहेका नेता महतो जनकपुरधामको राजदेवी मन्दिर, बौधी मन्दिर लगायतमा पुजा र दर्शन गरेका हुन ।
दर्शन गर्न आएका नेता महतोलाई स्थानीय युवा क्लब महावीर युवा कमिटी, राम युवा कमिटीले भव्य स्वागत तथा सम्मान गरेको थियो । नेता महतो संगै लोसपाका नेताहरु संजय सिंह, मनोज चौधरी, संजय चौधरी, राम जानकी साह लगायतका सहभागी थिए ।