जनकपुरधाम, असोज २६
प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा दशैँको अलग्गै विशिष्ट महत्व छ । विजया दशमी आएसंगै बजारमा चहल पहल बढनुको संगै रौनकता छाएको हो । दशैँमा दर्शन गर्ने दर्शनार्थीहरुको बजार र शक्तिपीठहरुमा भीडभाड सहजै देख्न सकिन्छ ।
जनकपुरधामको राम मन्दिर, बौधी मन्दिरमा भीडभाड बढ्दे जान थालेपछि त्यसलाई व्यवस्थित पार्नका लागि धनुषा प्रहरीले सुरक्षाकर्मी खटाएको छ । साँझ मन्दिर वरिपरि भीडभाड हुने गरेकाले सवारी साधानलाई समेत धनुषा ट्राफिक प्रहरीले दशैँ अवधी भरका लागि रोक लगाउँदै आईरहेको छ । चार पांग्रे, २ पांग्रे सवारी साधानलाई आवत जावतमा त्यस क्षेत्रमा समेत रोक लगाइएको हो । तर जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आफ्नो पदको दुरुपयोग गर्दै आईरहेका छन् ।
सर्वसाधारणका लागि रोक लगाइएको सो बाटो नगर प्रमुख साहले आफ्नो पदको दुरुपयोग गर्दै ४ पांग्रे गाडी सहित प्रयोग गर्दै आई रहेका छन् । एक त जनताको सुरक्षामा धनुषा प्रहरी, ट्राफिक प्रहरी खटिरहन्छ तर जवरजस्ती दादा गिरी शैली अपनाएर गाडीलाई भीडमा लैजाने गरेका छन् । प्रहरीले भीडभाड र ट्राफिक व्यवस्थापनका लागी खटिरहँदा पनि नगर प्रमुखले आफ्नो दादा गिरी शैली अपनाएर बाटोबाट घेरा हटाउन लगाए । जनतालाई सास्ती नगर प्रमुखलाई मस्ती जस्तै भो । स्थानीय भन्छन् यतिको भीडभाड व्यवस्थापन गर्न प्रहरी परिचालन गरिए पनि नगर प्रमुखले जवजस्ती गाडीलाई भीडभाडमा लैजानु कति उचित हो ? समान्य मानिस पनि हेर्दा आफै गाडीलाई साइड लगाइदिन्छ । तर नगर प्रमुख भएको मान्छेलाई बुद्धी विवेक नभएको जस्तै देखिन्छ । उनी आफै आएर यस्ता भीडभाडलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिनुको साटो आफै यसको धज्जी उडाउनु नगरप्रमुखलाई सुहाएन स्थानीवसाीहरु बताउँछन् ।