जनकपुरधाम, असोज २९ गते
विजयादसमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध आज साँधm हुने भएको छ ।भगवान रामको ससुराली मानिने जनकपुरमा मेला हेर्न देश विदेशबाट जनकपुरधाम आउने गरेका छन् ।
१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरधाममा रावण बध मेला प्रत्येक वर्ष लाग्ने गर्छ । विजयदशमीको अन्तिम दिन आज साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध गर्ने कार्यत्र,म रहेको महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए ।
महावीर युवा कमिटीको आयोजनामा जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिने अध्यक्ष साहले बताएका छन् । आज राम मन्दिरकाका महन्थ राक गिरीको प्रमुख आतिथ्यमा राबन बध कार्यक्रम हुने भएको छ ।
महावीर युवा कमिटी जनकपुरधामको आयोजनामा पछिल्लो १० वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ । रामायण अनुसार रावणका दस वटा शिर थिए । यसैले रावणलाई दशानन्द पनि भनिन्थ्यो । दसवटा टाउकोको विषयमा धार्मिक जानकारहरुका अनुसार रावणमा दस मान्छेको को जति बुद्धि थियो र दसजना बराबरको बल थियो ।
पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदि ग्रंथहरूमा रावण को उल्लेख भएको पाइन्छ ।
रावणलाई मार्न ३१ बाण
श्रीरामचरित मानसका अनुसार श्रीरामले ३१ बाण प्रयोग गरेर रावणलाई मारेका थिए ।
३१ बाण मध्ये एउटा बाण रावणको नाभिमा लागेको थियो बाकी १० बाणले रावणको टाउको र २० बाणले हात काटिएको थियो ।