जनकपुरधधाम, कार्तिक १ गते
प्रदेश नम्बर २ सरकारले करोडौं रकम लगानी गरी खरिद गरेका प्रदेश परिवहन भौतिक पुर्वाधार तथा विकास मन्त्री राम सरोज यादवकै कारण थन्किएको छ । मन्त्री यादवले प्रदेश परिवहन संचालनका लागी हालसम्म कुनै ठोस निर्णय नगरेकोले प्रदेश परिवहन मन्त्रालयकै कम्पाउण्मा थन्किएको हो ।
प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने उद्देश्यले बस खरिद गरिएको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष भन्दाच बढि बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा दमकलहरू अहिले पनि थन्किएकै अवस्थामा राखिएको छ ।प्रदेशको ८ वटै जिल्लामा सञ्चालनका लागि ती बसहरु खरिद गरिएका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई वितरणका लागि ल्याइएका दमकलहरू समेत थन्किएको छ ।
महत्त्वाकांक्षी योजना सार्वजनिक गर्ने र कार्यान्वयनमा फितलो हुने सरकारको नियमित रोग जस्तै बनिसकेको छ । यसकै निरन्तरता स्वरुप केन्द्र सरकारको रेल र प्रदेश २ सरकारको बस तथा वारुणयन्त्रमा उस्तै झमेला देखिएको छ ।
प्रदेश २ सरकारले गत २०७८फागुन १ गते पत्रकार सम्मेलनको आयोजना गरी फागुन महिनाभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा ल्याउने घोषणा गरे पनि बसहरू महिनौंदेखि थन्क्याएर राखिएको छ ।
जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसके पनि बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।
जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म सो परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयको योजना थियो । तर, खरिद गरिएका ती बसहरू एक वर्ष बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेका छैनन् । अहिले ती बसहरू मधेस भवनको परिसरमै रहेको खेल मैदानमा थन्किएका छन् । यता मन्त्री यादवले बस सञ्चालनका लागी अझै दुई चार महिना लाग्न सक्ने बताए । उनले हामीले बस सञ्चालका लागी सम्पुर्ण कार्यविधि बनाइसकेका छौं । बनाएको सकेको कार्यविधि क्याविनेटबाट पास भए मात्र बस सञ्चानल आउने उनले बताए ।