जनकपुरधाम, कार्तिक १ गते
विजया दशमी दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको फैशन शो सम्पन्न भएको छ ।
तराई मधेशको सांस्कृति झल्काउने उद्देश्यले आयोजना गरेको तराई रनवे फैशन शो सम्पन्न भएको हो । स्थानीय कलाकार र युवा युवतीमा लुकेका प्रतिभालाई उजागर गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
तराई मधेशको सांस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न तराईकै भेषभुषामा सजिएर युवा–युवतीहरुले आ–आफ्नो प्रस्तती देखाएका थिए । कार्यक्रममा तराईका धनुषा, महोत्तरी,पर्सा, सिरहा, सप्तरी लगायतका युवा युवतीहरुले आफ्नो कला प्रस्तुत गरिएको हो । उक्त कार्यक्रम स्थानीय जनकपुर पब्लिक स्कूलका छात्र–छात्राहरुले मिथिलाको लोक नृत्य झिझिया, समाचकेवा लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, उपाध्यक्ष महेश साह, जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यकारणी सदस्य निरज विक्रम साह लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।