जनकपुरधाम, कार्तिक १ गते
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा व्यवसायीक प्रतिष्ठानहरु धमाधम खुल्न थालेको छ । व्यवसायी प्रतिष्ठानहरु संचालमा आउने थालेपछि जनकपुरमा थप एक होटेल संचालमा आएको हो । जनकपुरको बजार र पर्यटकहरुको मध्य नजर राख्दै जनकपुरको जनकचौकमा अतिथि द फुड प्यालेस सञ्चालनमा आएको छ । सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रिवन काटेर होटेल अतिथि द फुड प्यालेसकोे समुद्घाटन गरिएको हो ।होटलको समुद्घाटन गर्दै अध्यक्ष महासेठले सञ्चालनमा आएको यस होटलले सस्तो तथा गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरे ।आफ्नै क्षेत्रमा व्यवसायीहरु लगानी गर्न थालेको र स्वदेशमा लगानी गरी आफ्नै माटोमा रोजगारीको अवसर प्रदान गर्दै उज्जवल भविष्य निर्माणमा जुटेकोमा उनले बधाई दिदै धन्यवाद ज्ञापन गरेका हुन ।
कोरोना भाइरस(कोभिड–१९) संक्रमणका कारण होटेल व्यवसायी धारासायी बन्दै गएकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् । होटेलका संचालक शिवेन्द्र कुमार झाले जनकपुरधाममा होटलको अभाव रहेको समयमा आफुहरु यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने बताए । यद्यपी कोरोनाको कारण अहिले यहाँ आउने पर्यटकको संख्यामा कमी आएको हो ।समुद्घाटन कार्यक्रममा होटेलका अर्का संचालक विजय दास,अमित ठाकुर,जनकपुर उद्योग वाणिज्य संघका कार्यकारणी सदस्य श्रवण साह लगायतका उपस्थिति रहेको थियो ।