जनकपुरधाम, कार्तिक २ गते
प्रदेश नम्बर २ को पर्यटन प्रवद्र्धनका लागी एक भिडियो सार्वजानिक भएको छ ।
उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रर्बद्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा निशान्त अडियो भिडियो एण्ड स्पोर्ट सिस्टम (नवरस)जनकपुरले निर्माण गरेको जय सियाराम गीति एल्वम सार्वजानिक गरेको हो ।मिथिलाका प्रसिद्ध संगीतकार एवम् गायक सुनील मल्लिक ,प्रवेश मल्लिक र अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीती एल्बमको प्रदेश नं २ का उद्योग पर्यटन तथा वातावरण मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामनरेश राय यादवले विमोचन गरेका हुन ।यो गीत मैथिलीको अहिलेसम्मको इतिहासमा सबैभन्दा लामो अवधिको गीत रहेको संगीतकार सुनिल मल्लिकले जानकारी दिए । उनले भिडियोमा स्थानीय कलाकार लगायत दर्जनौले अभिनय गरेको बताए ।उक्त एल्बममा सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुरल, संगीता देव गायतका गायक गायिकाहरुले गीतमा आ–आफ्नो स्वर दिएका हुन ।एल्बमको निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् ।सुनिल मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा बन मन्त्रालयका सचिब नन्दलाल राय यादव,अधिकृत सुजित झा, लोसपाका युवा नेता कृष्णा सिंह,मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मंडल, मिनापका पुर्व अध्यक्ष मदन ठाकुर,गीतकार बशोक दत्त, मिनापका वरिष्ठ कलाकार रामनारायण ठाकुर, विष्णुकान्त मिश्र, राजकिशोर साह लगायतको उपस्थिति रहेको थियो ।नवरश मिडिया प्रालिले मिथिला र मैथिलीको विकास तथा पर्यटन प्रबद्र्धनका लागि यसअघि ‘याह छि हम्मर जनकपुर, पावन धनुषाधाम, हम बियाह नहि करब, काँच बासन, वैदेशिक रोजगार सम्बन्धि दुई वटा गीत लगायतका विभिन्न एल्बमहरु निर्माण गरिसकेका छन् भने कतियौं एल्बमहरु निर्माणको क्रममा समेत रहेका छन् ।