जनकपुरधाम , कार्तिक ३ गते
तराई मधेशसहितका जिल्लामा भएको वर्षाका कारण धनुषामा एक घर भत्किएको छ ।
सोमबार रातिदेखि हावाहुरी सहित भारीका धनुषाको जनकनन्दनी गाउँपालिकामा वर्षाका कारण एक घर भत्किएको हो । भारी वर्षाका कारण धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं.१ फुलबारी मा एक घर भत्किएका छन् । भत्किएका घरमा कम्तीमा १ लाख बराबरको क्षति भएको स्थानीय प्रहरीले बताएका छन् । बनरझुला प्रहरी चौकी स्रोतका अनुसार वर्षाले जनकनन्दनी गाउँपालिका वडा नं. १ फुलबारी बस्ने ६५ वर्षीय अबध यादवको घर भत्किएदा घरमा रहेको लत्ताकपडा, अन्नपात , भाँडावर्तन पुरिएको छ । भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरी स्रोतले जानकारी दिएका छन् । मध्यरातिदेखि निरन्तर भारी वर्षा कारण केही गल्ली तथा सडकहरु अवरुद्ध भएको हो । वर्षा को कारण जनजीवन प्रभावित भएको छ ।