जनकपुरधाम,कार्तिक ३ गते
प्रदेश नम्बर २ मा धमाधम व्यवसायी प्रतिष्ठान खुल्ल थालेको छ ।
प्रदेश नम्बर २ को जिल्ला धनुषाको बटेश्वर गाउँपालिकामा वडा नं ५ स्थित आधुनिक राइस मिल खुल्न लागेको हो । उक्त गाउँपालिकाको साढे १० विघा जग्गामा ६० करोडको लागतमा आधुनिक जय नरसिङ्ग एग्रो प्रोसेसिङ्ग प्रा.लिले राइस मिल खोल्न थोलेको संचालक मनोज साहले बताए । राइस मिलका संचालक मनोज साह, नितिश साह र निखिल साहले संयुक्त रुपमा हिन्दु परम्परा अनुसार पुजापाठ गरी शिलान्यास गरेको हो । प्रदेश नम्बर २ को वीरगंज पछि धनुषाको बटेश्वर गापामै १२ टनको आधुनिक मेसिन जडान भइरहेको संचालक साहले बताए ।
सो मेसिनबाट दैनिक २ सय टन राइस उत्पादन हुनेछ । उक्त राइस मिल विधिवत संचालनमा लगभग ६÷७ महिना लाग्ने संचालक साहले बताए । आधुनिक राइस मिलमा आधुनिक तरीकाले विभिन्न खाद्य सामाग्रीहरु कुटानी पिसानी , पेलानी गरीनुका साथै गल्ला खरीद समेत हुने सञ्चालक साहले जानकारी गराए ।