जनकपुरधाम, कार्तिक ४ गते
धनु्षा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोले मधेशको विकासका लागी पहिला सत्ता कब्जा गर्नु आवश्यक रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)धनुषा द्वारा वजया दशमी दिपावली तथा छठपर्वको शुभकामना आदान प्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन । लोसपाका वरिष्ठ नेता एवं पुर्व उपप्रधान एवं शहरी विकास मन्त्री समेत रहेका नेता महतोले मधेशी जनताले मधेशवादी दललाई १२ प्रतिशत मत प्राप्त गरेको र अन्य दललाई ८८ प्रतिशत मत दिएकोले हामीलाई यस्ता अवस्था देख्नु परेको बताए । अब मधेशको विकासको निम्त आउने निर्वाचनमा मधेशी जनताले लोसपालाई सय प्रतिशत मत दिन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै नेता महतोले अगामी निर्वाचनको तयारीमा अहिले देखी नै जुटन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो । उनले तीनै तहको निर्वाचन एक साल भित्र नै हुने भएकोले सबैलाई आ–आफ्नो अस्तरबाट तिव्र गतीमा तयारीमा जुटन आग्रह गरे । कार्यक्रममा सांसद् शरद सिंह भण्डारी, सासद् उमाशंकर अरगरिया, प्रदेश २ का पुर्व भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल,प्रदेश सांसद परमेश्वर साह, हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल,जउनपाका उप प्रमुख रिता झा,समनव्य समितिका उपाध्यक्ष दिपक झा लगायतले शुभकामना मन्तव्य राखेको थियो । उक्त कार्यक्रममा लोसपा नेता संजय सिंह, मनोज चौधरी,संजय चौधरी,जानकी राम साह लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।