जनकपुरधाम, कार्तिक ५ गते ।
जानकी चोकस्थित मानसी ब्यूटी पार्लरकी सञ्चालिका मनिसा ठाकुर र उनका पूर्व पति श्रवण साहबिच विवादका घटनालाई तोडमोड गरी प्रस्तुत गर्ने प्रयास गरिएको छ । केही दिन अगाडी मात्रै मानसी र उनका पूर्व पति बिचको विवाद उग्र भएपछि मनिषाका प्रेमीले व्यवसायी श्रवण साहलाई मरनासन्न हुने गरी कुटपीट गरेको घटना बाहिरिएको थियो । श्रवण काठमाडौं गईरहेका बेला मनिसाले श्रवणलाई फोन गरी बोलाएको र श्रवणलाई मनिसाका प्रेमीले कुटपिट गरेको बताइएको छ । श्रवणका परिवारजनका अनुसार मनिषाले योजना बनाएर फोन गरेर बोलाएको र आफ्नो प्रेमीबाट कुटपीट गराएको आरोप लगाए ।
श्रवणलाई मार्ने हिसाबले नै बोलाईएको परिवारजनको भनाई छ । श्रवण जनकपुरका चर्चित युवा व्यवसायी हुन् । उनी होटेल राजदरवारका संचालक हुुन् । श्रवण साहलाई मनिषाकै कारण व्यवसायी सुरज गुप्ताले मार्ने प्रयास गरेको बताइएको छ ।
जनकपुरधामस्थित चन्दा गार्मेन्टका संचालक र ठाकुरका प्रेमी गुप्ता र उनका बुवा अमर गुप्ता लगायतका केही व्यापारीहरुले मिलेर मरनासन्न हुनेगरी श्रवणलाई कुटपीट गरेका थिए । प्रेमीकाकै कारण युवा व्यवसायी साह माथि गुप्ता, उनका बुवा र कर्मचारीहरुले फलामे छड प्रहार गरी सख्त घाइते बनाएका थिए । श्रवणको टाउकोमा चोट लागेको थियो । श्रवणको उपचार अहिले काठमाडौँस्थित मेडासिटी अस्पतालमा भईरहेको छ ।
यता श्रवण उपचाररत रहेको बेला उल्टै श्रवणलाई दोषी साबित गर्नका लागि सुरज गुप्ताको पसल अगाडीको सीसी टिभी फुटेज भाईरल गरिदैे छ । सो भीडियोमा श्रवण होहल्ला गरिरहेको देखिन्छ । तर उनलाई कुटपपीटको भीडियो भने त्यसमा देखिदैन । प्रत्यक्षदर्षीहरुका अनुसार श्रवणलाई पसल भित्र कुटपीट गरिएको बताइएको छ । सत्यतथ्य बुझ्नका लागि पसल भित्रको फुटेको निकाल्नु पर्ने श्रवणका परिवारजनको भनाई छ ।