जनकपुरधाम, कार्तिक ५ गते
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा तीन दिने दोस्रो हस्तकला मेला हुने भएको छ । जनकपुरधधाम स्थित गोपाल धर्मशालामा यहि १२ गते देखी १४ गतेसम्म हस्तकला मेला हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासंघ र महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश नं २ को सहयोमा सो हस्तकला मेला हुन लागेको हो । नेपाल हस्तकला महासंघले जनकपुरमा आयोजना गर्न लागेको तीन दिने हस्तकलामा प्रदेश नं २ को महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको प्रदर्शनी तथा बिक्री गरिने जनाएको छ । महासंघद्वारा आयोजना आज गरेको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले मेलाबाट स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा हस्तकला वस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउने बताए ।
प्रदेश– २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरिब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छाता मुनी भेला गराइ स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमी व्यवसायीको सम्पर्क र सम्बन्ध विकास गर्न‘ मेलाको उद्देश्य रहेको उपाध्यक्ष शाक्यले बताए । हस्तकला मेलामा प्रदेश नं २ को विभिन्न जिल्लाबाट महिला उद्यमीहरु सहभागी हुनेछ । उक्त मेलामा ७० देखी ९० वटा स्टलहरु रहने जनाएको हो । मेलामा २० हजार आगन्तुकहरु ऋाउने अनुमान गरिएको आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा नेपाल हस्तकला महासंघका कार्यकारणी सदस्य एवं कार्यक्रमका संयोजक सविता सिंह महर्जन,धनुषा हस्तकला महासंघका अध्यक्ष सुरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।