जनकपुरधाम,कार्तिक ५ गते
देशमा नै तीनै तहको निर्वाचन एक साल भित्र हुने चर्चा चलिरहेको बेला विभिन्न राजनीतिक दलका पार्टीहरुले पार्टी प्रवेश तथा समिति गठन गर्न लागेका छन् । यहि क्रममा जनकपुरधाममा नेकपा एमालेले समिति गठन गरेको हो । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिका वडा नं १ मा आयोजित एक भेलाबाट समिति गठन गरेको छ । एमाले नेता उत्तम चौधरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रदेश सांसद् रामचन्द्र मंडलको प्रमुख आतिथ्यमा भेलाबाट समितिको अध्यक्षमा लभ कुमार अधिकारीलाई अध्यक्षमा चयण गरेका छन् । उपाध्यक्षमा मुन्जय राउतलाई चयण गरेको हो । भेलामा नेकपा एमाले केन्द्रिय सद्स्य तथा धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव ,प्रदेश कमिटी सद्स्य लक्ष्मी नारायण यादव, रा.यु.स का केन्द्रिय उपाध्यक्ष प्रदेश कमिटी सद्स्य सन्जिब झा (सुरज )प्रदेश कमिटी सद्स्य दिनेश सिंह,शुभनारायण मण्डल, श्याम पुर्बे, मोहामद कैश शेख, जानि खान लगायतका व्यक्तिहरुको सहभागिता थियो ।