जनकपुरधाम, कार्तिक ५ गते
धनुषाको हँसपुर नगरपालिकाका किसानलाई राहत दिने भएको छ । बेमौसमी वर्षाका कारणले अन्नवालीमा क्षति भएका किसानलाई हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मंडलले राहत दिने घोषना गरेको हो । हँसपुर नगरपालिका अन्तर्गतका अन्नवालीमा क्षति भएका किसानलाई राहत दिने मेयर मंडले जानकारी दिएका छन् । उनले राहत दिनका लागी नगरपालिकाले सुचना समेत जारी गरिसकेको छ । अन्नवालीमा क्षति भएका किसानलाई ९ वटा वडाकै तीन दिन भित्र जग्गाको क्षेत्रफल, जग्गाधनीको लालपुर्जा सहितको कागजात, फोटो, लगायतको विवरण नगरपालिकामा उपलब्ध गराउन उनले आग्रह गरेका हुन । गएको कात्तिक १ र २ गते परेको अविरल वर्षाका कारण भएको बालीनालीको क्षतिप्रति हंसपुर नगरपालिकाको गंभिर ध्यानाकर्षण भएको छ ।
विरल वर्षाले गर्दा किसानहरुलाई बालीनालीमा भारी क्षति भएको मध्यनजर गर्दै नगरपालिकाले किसानहरुलाई राहत दिने घोषना गरेपछि मेयर मंडलको चौतर्फी प्रशंसा भइरहेको छ ।
उनले यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरीब, विपन्न र असहायहरुका लागि बेला बेलामा मेयर मंडलले राहत वितरण गर्दै आयरहेका छन् ।