जनकपुरधाम, कार्तिक ६ गते
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाको अध्यक्ष राजकुमार साह निर्वाचित भएको छ । आज नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा सुनचाँदी व्यवसायी संघ धनुषाको अध्यक्षमा साह निर्वाचित भएको हो ।
संघको अध्यक्षमा साह ४४ मत ल्याएर विजयी भएको छ भने उनका प्रतिद्वन्दी अमित गुप्ताले ४१ मत ल्याएरका हुन । उपाध्यक्ष पदमा दिेपेन्द्र ठाकुर निर्वाीचत भएको छ भने सचिबमा चित्रनाराण साह निर्विरोध निर्वाचित भएको हो ।
सह–सचिबमा सुमन विश्वकर्मा निर्वाचित भएको छ भने कोषाध्यक्ष पदमा दिपक कुमार ठाकुर निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कुन्दन कुमार ठाकुर, अमित कुमार साह,दुर्गाराम विश्वकर्मा,रामचन्द्र ठाकुर,मधु देवी गुप्ता र सरिता देवी ठाकुर निर्वाचित भएको निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिएका छन् ।