जनकपुरधाम, कार्तिक ६ गते ।
वैश्य समुदायलाई उपेक्षा गरिदै आएको भन्दै वैश्य समुदायसंग सम्बन्धित नेताहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय जनगणनामा समेत वैश्य समुदायलाई उपेक्षा गरिदै आएको वक्ताहरुको भनाई थियो ।
नेपाल वैश्य युवा संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वैश्य समुदायलाई सशक्त बनाउनका लागि एकत्रित हुनु पर्नेमा जोड दिए । राजनीतिक रुपमा सशक्त बनाउनका लागि समेत वैश्य समुदायहरु बिच एकता हुनु अति आवश्यक रहेको उनको भनाई थियो । उनले राजनीतिक रुपमा जता रहेपनि वैश्य समुदायको मुद्दामा सबैले गम्भिर हुने बेला आएको पूर्व मन्त्री महासेठको भनाई थियो । उनले राजनीतिक रुपमा सम्पूर्ण वैश्य समुदाय एक ठाउँमा आउनु सम्भव नरहेपनि मुद्दालाई आ–आफ्नो ठाउँबाट उठाउन सक्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य वैश्य समुदायहरुका.े उत्थानका लागि भाषण मात्रै गरेर नहुने भन्दै आक्रोश व्यक्त गरे । उनले पूर्वमन्त्री महासेठ तर्फ इंगित गर्दै संविधान त्रुटी पूर्ण बनिरहेको बेला समेत वैश्य समुदायकै केही नेताहरु पार्टीको ह्वीप बाट डराएर खुशी खुशी हस्ताक्षर गरेको सबैलाई स्मरण गराए । उनले वैश्य समुदायलाई राजनीतिक रुपमा समेत उत्थान गर्नका लागि भाषण मात्रै होइन व्यवहारमा समेत त्यस्तो गरेर देखाउनु पर्नेमा जोड दिए ।