जनकपुरधाम, कार्तिक ७ गते
वलिउडका भारतीय चर्चित गायक कुमार सानु जनकपुर आउने भएको छ । यहि कार्तिक २७ गते एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायक सानु जनकपुर आउन लागेको आयोजनकले जानकारी दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक सानुको एकल प्रस्तुती हुने भएको छ । ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक सानु सहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र सुशिल नेपाल लगायतका कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको हो ।