जनकपुरधाम, कार्तिक ८ गते
महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष विक्रम चौधरीलाई मातृशोक परेको छ ।
अध्यक्ष चौधरीको आमा बुधनी देवी चौधरीको ७८ वर्षको उमेरमा आज विहान निधन भएको हो । पिपरा गाउँपालिकाको पिपरा स्थित अध्यक्ष चौधरीको घरमा नै निधन भएको परिवाजनले जानकारी दिएका छन् । पिपरा गाउँपालिका स्थित हिन्दु परम्परा अनुसार आज नै अध्यक्ष चौधरीका आमालाई दाह संस्कार गरेको हो । अध्यक्ष चौधरीका आमालाई जेठो छोरा दुखरण चौधरीले दागवती दिएका हुन ।