जनकपुरधाम, कार्तिक ९ ।
एसिड पीडित पर्साका मुस्कान खातुनलाई प्रदेश सरकारले उपचारका लागी थप पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।