जनकपुरधाम, कार्तिक १० गते
क्लोथ बैंकलाई थप प्रभाबकारी बनाउन विषेश छलफल गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिका स्थित क्लोथ बैकका पदाधिकारीहरु संगको बैठकमा बैंकलाई थप प्रभावकारी बनाउन वृहत छलफल गरिएको हो । थप प्रभाबकारी र अगामी योजनाका विषयमा विषेश छलफल भएको बैंकका अध्यक्ष राजिव झाले बताए । उक्त छलफलमा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, लोसपाका युवा नेता रामजी राय, मनिष चौधरी,क्लोथ बैंकका सचिब मनिष झा श्री ओम, लगायतको उपस्थिति रहेको थियो ।