जनकपुरधाम, कार्तिक १० गते
नेकपा एमालेकी नेतृ एवं पुर्वमन्त्री जुली कुमारी महतोले हरेक क्षेत्रमा महिलाको पहुँच नभएसम्म नियमकानुन र नितिनिर्देशनले महिला हिंसा अन्त्य नहुने जिकिर समेत गरिन् ।
जनकपुरधाममा बुधबार ‘सुरक्षा निकायसँग महिला हिंसा निवारणका लागि रणनीतिक योजना बैठक र अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमन्त्री महतोले हरेक क्षेत्रमा महिलाको पहुँच नभएसम्म नियमकानुन र नितिनिर्देशनले महिला हिंसा अन्त्य नहुने जिकिर समेत गरिन् ।उनले सरकारले कानुन कार्यान्वयन गनै नसक्दा महिला माथी हुने गरेको हिंसा नघटेको बताइन् । कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेमा विभिन्न खाले हिंसा न्यूनीकरण हुने उनको धारणा थियो ।नेतृ महतोले हरेक क्षेत्रमा महिलाको पहुँच आवश्यक रहेको बताएकी छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा महिलालाई समावेशी समानुपातिकरुपमा समावेश नगराएको भन्दै यसमाथि समीक्षा सहित जोडतोडले आवाज उठाउनुपर्ने बताइन् । उनले नाम मात्रको समावेशी समानुपातिकको कुरा गर्नुको कुनै तुक नरहेको समेत टिप्पणी गरिन् ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकार, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरे, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादव, राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे, विद्या कुमारी सिन्हालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।