जनकपुरधाम, कार्तिक १२ गते
प्रदेश नं २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले महिलाहरु अशिक्षित भएकै प्रमुख कारणले प्रदेश नं २ को विकास र समृद्धि हुन नसकेको बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश नं २ र नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिवसीय हस्तकला मेलामा प्रमुख अतिथिको आसन्नबाट मन्त्री सिंहले सो कुरा बताएका छन् । मन्त्री सिंहले प्रदेश विकास र समृद्धि गर्न नसकेको प्रमुख कारण यहाँका महिलाहरु अशिक्षित रहेको भन्दै आधा जनसंख्या बोकेका प्रदेश २ का ६५ प्रतिशत महिला अशिक्षित रहेको कारण प्रदेश विकास गर्न नसकेको भने । मन्त्री सिंहले भने जनकपुरधाममा आयोजित यो हस्तकला मेला तथा प्रदर्शनीले यहाँका महिलाहरुले हस्तकलाबाट बनाएका सामाग्रीहरुको बजार पाउने ठूलो मञ्च रहेको छ । यस मेलामा महिलाले बनाएको सामाग्री विक्री हुँदा यहाँका गाउँ गाउँका महिला उद्यमीहरु समेत हस्तकला व्यवसायप्रति आकर्षित हुनेछ ।प्रदेश सरकारले महिलाहरुको विकास तथा उत्थानको आफ्नो मन्त्रालयबाट तीन करोड रुपैया बजेट विनियोजन गरिएको जानकारी दिदैं मन्त्री सिंहले भने सो रकम महिलाहरुको विभिन्न सिपमुलक तालिम र तालिम पश्चात जिविर्कोपार्जनका लागि तालिमसँग सम्बन्धित सामाग्री अनुदान स्वरुप दिइनेछ ।
सम्बोधन पश्चात हस्तकला मेला तथा प्रदर्शनीको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले एक समारोहका बीच उद्घाटन गरेका छन ।विधिवत ररुपमा आज देखी प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेशस्तरीय तिन दिवसीय महिला हस्तकला मेला तथा प्ररदर्शनी शुरु भएको छ ।सो कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट विशिष्ट अतिथि जनकपुरधाम उपमहामहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले यो मेला तथा प्रदर्शनले यहाँका हस्तकला व्यवसायसँग महिलालाई थप उर्जा प्रदान गर्ने बताईन ।उनले महिलाको जिविकोपार्जनको श्रोतका लागि उपमहानगरपालिकाले विभिन्न तालिमका लागि एक करोड रुपैया बजेट छुटयाए पनि प्रशासकी अधिकृतको आभाव र कोरोना महामारीका कारण कार्यान्वयन नभई बजेट फ्रिज हुन गयो । यसवर्ष पनि दुई करोड रुपैया छुटयाइएको त प्रशासकीय अधिकृतको आभावको कारण यसवर्ष पनि कार्यान्यन हुन्छ भन्ने विश्वास नरहेको बताईन ।कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिले महिलाहरुको उत्थान, विकास तथा प्रवद्र्धनका लागि हस्तकला व्यवसायीहरुलाई प्रोत्साहन गर्न प्रत्येक प्रदेशलाई ४ ÷४ लाख रुपैयाको दरले रकम व्यवस्था गरेको जानकारी दिए ।कोरोनाको कारण अन्तराष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कदै गएको समय देशभित्रै उत्पादन भएका वस्तुहरुको बजारलाई चलायमान बनाउन जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी आयोजना गरिएको आयोजक संस्था नेपाल हस्कला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले जानकारी दिए ।
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए ।सो मेला तथा प्रदर्शनीमा हातबाट बनेका लुगा तथा घरायसी प्रयोगका सामाग्री, मिथिला पेन्टिङ्ग, बाँस, काठ तथा माटाका भाँडा र प्राकृतिक रेशाबाट बनेका वस्तुहरु लगायतका स्टलहरु राखिएको छ । प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु राखिने भनिएपनि दिपावली तथा छठ पर्व नजिकै रहेको कारण केही स्टलहरु खाली रहेको छ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल, ,धनुषा हस्तकला संघका अध्यक्ष सुरेश श्रेष्ठ, जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का अध्यक्ष मिथिलेश कुमार कर्ण,ई. प्रकाशचन्द्र साह,बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंह, नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष राज कुमार साह लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरको उपस्थिति रहेको थियो ।