जनकपुरधाम, कार्तिक १२ गते
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले आज महिला हस्तकला प्रदर्शनीको आयोजना गरेका छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश नं २ र नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिवसीय हस्तकला मेला आजदेखी विधिवत रुपमा सुरु भएको छ ।
जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा आयोजना गरेको तीन दिवसीय दोस्रो महिला हस्तकला मेलाकोे उद्घाटन प्रदेश नं २ को महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले आज उद्घाटन गरेको हो ।मेला तथा प्रदर्शनीमा हातबाट बनेका लुगा तथा घरायसी प्रयोगका सामाग्री, मिथिला पेन्टिङ्ग, बाँस, काठ तथा माटाका भाँडा र प्राकृतिक रेशाबाट बनेका वस्तुहरु लगायतका स्टलहरु राखिएको छ ।
Discussion about this post