जनकपुरधाम, कार्तिक १३ गते ।
भरतको उत्तर प्रदेश आयोध्यामा प्रत्येक वर्ष हुने दीपोत्सव कार्यक्रममा जनकपुरधामको ख्याति प्राप्त मिथिला नाट्यकला परिषद्(मिनाप) सहभागि हुने भएको छ । आयोध्यामा मिनापले मैथिली गीती नाटक जानकी लीला प्रस्तुत गर्ने भएको छ । आयोध्याका लागी आज मिनाप प्रस्थान गरिसकेको छ ।नेपाल र भारतको दुई देश बीचको धार्मिक संस्कृतिको सम्बन्धलाई अझैं बलियो र कायम राख्न भारतका उत्तर प्रदेश सरकारले प्रत्येक वर्ष दीपोत्सव कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । त्रेता युगमा भगवान सीता र राम बीच भएको विवाहलाई मिनापले गीति नाटकको माध्यमले भारतको आयोध्यामा प्रस्तुत गर्ने छन् । राजर्षि जनकले जमीनमा हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको नाटकमा देखाएको छ । जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन् ।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन् ।.
यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका थिए । स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए ।रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन । अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो ।यो बिहेको सम्झना अद्यापि गरिँदैछ .नाटकमा भगवान सीताको जन्म देखी विवाह र कोहवारसम्मको प्रसंगलाई नाटकमा जाडिएको छ । आज धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोले मिनाप) का कलाकारलाई विदाइ गरेको छ । मिनाप जानकी लिला गीति नाटक गर्न आयोध्या जान लागेको खबर सुनै वितिकै सांसद् महतो सहितका नेताहरुले मिनापमै पुगेर कलाकारहरुलाई विदाई गरेका छन् ।आज सांसद महतो सहित प्रदेश सांसद् परमेश्वर साह, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मंडल, जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख रिता झा, लोसपा नेता मनोज चौधरी, रमण पाण्डे लगायतले कलाकारहरुलाई विदाई गरेको हो । कलाकारहरुलाई सांसद महतो सहिका नेताहरुले गमछा ओढाई विदाई गरेका छन् ।
दीपोत्सव नोभेम्बर १ तारिखबाट शुरु भई ५ दिनसम्म चल्ने छ । सो अवसरमा भारतसहित ४ देशको टोलीले राम लिला प्रस्तुत गर्नेछ । यद्यपि मिनापले माता सीतासंग जोडेर जानकी लिलाको प्रस्तुती दिनेछ । नेपालबाट मिनापले नै प्रतिनिधित्व गर्न लागेको हो ।
यसका अतिरिक्त भारतको विभिन्न राज्यका राम लिला टोलीले आ–आफ्नो राम लिलाको प्रस्तुती दिनेछ । पछिल्लो वर्ष समेत दीपावलीकै अवसरमा आयोजित कार्यक्रममा मिनापले अयोध्यामा आफ्नो प्रस्तुती दिएको थियो ।मिनापले प्रदर्शन गर्ने जानकी लिला प्रदर्शन गर्ने क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिति रह्ने मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए ।अयोध्यामा आयोजना हुने दीपोत्सवमा ९ लाख दियो बाल्ने उत्तर प्रदेश सरकारको योजना रहेको छ । आयोध्यामा मिनापले प्रस्तुत गर्ने गीती नाटकको मुख्य सीताको भूमिकामा नेहा झा रामको भूमिकामा मुकेश ठाकुर, जनकको भुमिकामा मुकेश झा,सुनैना अनीतारानी मंडल , लक्ष्मणमा आलोक मिश्र,विश्व मित्र मदन ठाकुर छन् ।
उक्त प्रस्तुतीमा राम नारायण ठाकुर, परमेश झा,गंगाकन्त झा, सुरेन्द्र राय, धीरज ठाकुर,सन्नी राउत बब्लु राउत, रोहित साह, सुनिता पासवान, नेहा मंडल, अर्पिता चौधरी(तमन्ना),सोनु मंडल, माही खान हुन । गीत संगीतमा सुनिल मल्लिक, रामनारायण ठाकुर,ललित कामत, संगीता देव, ललन झा, विरेन्द्र झा,चन्दन चौधरी रहेका छन् । उक्त गीती नाटकको निर्देशन परमेश झाले गरेको छ भने नृत्य निर्देशन धीरज ठाकुर र सन्नी राउतले गरेका हुन ।