जनकपुरधाम, कार्तिक १४ गते
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साहको घर अगाडी आज फोहर फालेको छ । आज विहान जउनपाका वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडी नै फोहर फालेको हो । हप्ता देखी विभिन्न वडामा जथाभावी रुपमा फोहर रहेता पनि नगर प्रमुखले कुनै बास्ता नगरेको भन्दै वडा अध्यक्षहरु आक्रोसित भएर घर अगाडी नै फोहर फालेका छन् । हिन्दुहरुको महान पर्व दिपावली, छठ नजिकिए पनि उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसकेको भन्दै मेयर साहको घर अगाडी मुल गेटमा नै वडा अध्यक्षहरुले फोहर थुपारि दिएका छन् । अव्यवस्थित तरिकाले थुपारिएको फोहरले गर्दा नगर नै दुर्घन्धित बनेको छ । फोहर व्यवस्थापनका लागी पटक पटक मेयरलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेकोले बाध्य भएर विरोध स्वरुप मेयर साहको घर अगाडी फोहर थुपारेको जउनपा वडा नं ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । यता जउनपा वडा नं ठ का अध्यक्ष जानकीराम साहले फोहर व्यवस्थापन नगरे मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन।