जनकपुरधाम, कार्तिक १७ गते
प्रदेश नं २ का पुर्व भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आज एक धर्मशालाको समुद्घाटन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता समेत रहेका सोनलले आज बाराको परवानीपुर गाउँपालिका–५ स्थित बहुवारीको नव निर्मित श्री विष्णु नारायण धर्मशालाको समुद्घाटन गरेको हो । समुद्घाटन कार्यक्रममा पुर्व मन्त्री एवं सांसद् एकबाल मियाँ , अधिवक्ता रामचन्द्र सिंह , लोसपा नेता सिताराम गुप्ता , गापा अध्यक्ष हरि नारायण साह , कार्यपालिका सदस्य संजू साह , स्थानीय समाजसेवी शिव शंकर पटेल , लालबहादुर पटेल , अजय पटेल , अशेषर पटेल , डा. प्रमोद यादव लगायत स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।