जनकपुरधाम, कार्तिक १९ गते
भनिन्छ भजन गाउँने मुख भन्दा सेव गर्ने हात पवित्र हुन्छ त्यस्तै छ जनकपुरधाम उपमहानगरपालिका वडा नं १ का अध्यक्ष शत्रुधन महतो । अध्यक्ष यति वेला चर्चा गर्दै सायद कमै हुन्ट स्थानीयहरु बताउँछन् । आफ्ना वडावासी समय समयमा सेवा दिदै आइरहेका छन् अध्यक्ष साह । उनी आफुलाई भन्दा बढि मेहनत वडावासीका लागी नै गर्देछन् । कोरोना महामारीको अवधिमा पनि वडा अध्यक्ष साहले वडावासीको साथ छाडेन । आफना वडामा रहेका गरिव, दलित, विपन्न, मजदुरलाई लकडाउन अविधि भरी नै राहत र खाना खुवाएको कतै सो कुरा लुकेको छैन ।
वडा अध्यक्ष साहले समय समयमा वडावासीलाई समस्या परेमा समेत सहारा गर्दै आइरहेको छन् । जउनपाका अन्य वडा अध्यक्ष भन्दा उनी अहिले चर्चामा छ । असल काम गरेकोमा वडा अध्यक्ष साहको चोतर्फी चर्चा भइरहेका छन् । सहयोग गर्दै आएकोमा वडा अध्यक्ष आज पनि एक उदारणिय काम गरेको छ । छठ पर्वकोे मध्यनजर राख्दै वडा अध्यक्ष साहले आफनो निजी आज ४ सय भन्दा बढिलाई पुजा सामग्री वितरण गरेको छ । वडामा रहेका गरिव,दलित, विपन्नलाई छठ पर्व गर्न व्रतालु महिलालाई विभिन्न पुजाको सामग्री वितरण गरेको हो । व्रतालु महिलाहरुलाई साडी, चामल, चिनी, अगरवत्ती, गेहुँ लगायतका सामग्री वितरण गरेका हुन । वितरण कार्यक्रममा पुर्व सांसद् दिनेश साह, श्रीराम युवा कमिटीका वरिष्ठ निर्देशक शम्भू साह लगायतको उपस्थिति रहेको थियो ।