जनकपुरधाम, कार्तिक १९ गते
आसमान बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा समपन्न भएको छ । आसमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज महेश कुमार साहको अध्यक्षतामा ११औ साधारणसभा सफलता पुर्बक सम्पन्न भएको हो। जिल्ला कृषि सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवको प्रमुख अतिथिमा आयोजित १२ औं वार्षिकोत्सवमा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ निर्देशक जितेन्द्र प्रसाद साह, नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साह, कुबेर कृषि सहकारी संस्थाका अध्यक्ष रेणु साह,आसमानका पदाधिकारी संजीव साह लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति भइ कार्यक्रममा सहयोग र सफल बनाइदिएको संस्थाका अध्यक्ष महेश कुमार साहले सम्पूर्णमा धन्यवाद तथा हार्दिक बधाई संगै आभार व्यक्त गरे । उनले आजको दिन जस्तै भालिको दिनमा यस्तै हाम्रो संस्थालाई तपाईहरु सहयोग गरिनु हुन्छ भने आशा र विश्वास छ । अन्तमा पुन सम्पूर्णलाई धन्यवाद दिदैं विजयी दशमी दपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना सहित अध्यक्ष साहले व्यक्त गरेको थियो ।कार्यक्रममा वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।