जनकपुरधाम, कार्तिक १९ गते
ज्नकपुरमा आज हुर्राहरी पर्व मनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ स्थित ऐतिहासिक पर्वको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको हुर्राहुर्री यसवर्ष पनि भव्यता पूर्वक मनाइएको हो ।
पिडारी बजार व्यवस्थापन तथा गौचरण व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना आज हुर्राहुर्री पर्व मनाएका हुन ।
प्रत्येक वर्ष झैं यस वर्ष पनि दिपावलीको भोलिपल्ट जनकपुरधाम स्थित कभर्ड हलको गौचरणमा मनाउँदै आएको हो ।
यस पर्वमा भर्खरै जन्माएकोे गाईको बच्चा (गोरु) अगाडि सुंगुरको (बच्चा) लाई फाल्ने गर्दछ र गाईले त्यस सुंगुरको बच्चालाई आफ्नो खुट्टाले हत्या गर्ने चलन रहेको छ । त्यो भन्दा पहिला सोहराईको विरुवालाई पूजापाठ गरी माटोमा गाड्ने प्रचलन छ । जब गाईको बच्चा अगाडि सुंगुरको बच्चालाई फाल्ने गर्छन तब सुंगुर जोड कराउँछन । जति जोडले सुगरको बच्चा कराउँछ त्यति तलसम्म सोहराईको विरुवा पुग्ने मान्यता रहेको स्थानियबासी बताउँछन् । गाईले सुंगुरलाई हत्या गरिदिएमा कसैले विरुवालाई उखाले पनि नउखल्ने जनविश्वास रहँदै आएको छ ।