जनकपुरधाम, कार्तिक १९ गते
भ्याटबिल भएपनि प्रहरीले एक व्यापारीका समान नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल प्रदेश नं २ कार्यालयमा कार्यरत राजिव यादवले भ्याटविल सहित काठमाडौंबाट खरिद गरी ल्याएका २४ थान क्यामरा जवजस्ती गरी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी यादवले २४ क्यामरा मध्ये शंकाष्पद रुपमा मात्र भन्सार कार्यालय जनकपुरलाई ८ वटा मात्र बुझाएको छ । बाँकी क्यामरा किन नबुझएको भने उनी माथि संकासंगै झवाम्म पारेको आरोप समेत लागेको हो । काठमाण्डौंबाट किनेर छ वटा कार्टुनमा ल्याइएको सो ड्रोन क्यामेराहरु धनुषाको रुपैठामा बसबाट झारेर मोटरसाइकलमा घर लैजानै लाग्दा सशस्त्र प्रहरी बलका यादवले भ्याट बिल देखाउदा समेत जबरजस्ती सबै क्यामेरा नियन्त्रणमा लिएर भन्सारमा आठ थान अर्थात दुई कार्टुन मात्र बुझाएपछि पिडितले न्यायका लागि हारगुहार गरेका छन् ।सामानका साहु धनुषा मुखियापट्टी मुसरनिया वडा नं. ६ बेरियाका शिवनारायण साहले २९ लाख बराबरको सामानहरु शंकाकै भरमा नियन्त्रणमा लिएको भएपनि २४ मध्ये ८ मात्र भन्सारमा बुझाउनु शंकाष्पद रहेको भन्दै न्यायका लागि अपिल गरेका छन् ।ब्यापारका लागि आफुले २४ क्यामेरा भ्याट तिरेर किनेर ल्याएको बिल देखाउदै उनले भने, ‘ एक त भ्याट बिल देखाउदा समेत जबरजस्ती सामान कब्जा गरयो नै भन्सारमा ८ थान मात्र बुझाएको सुन्दा आश्चर्य लागेको छ ।’