जनकपुरधाम, कार्तिक २० गते
जनकपुरधाममा आज ९३ औं मासिक कवि गोष्ठी भएको छ ।
आज मैथिली साहित्य समाजद्वारा आयोजित ९३ औं मासिक कवि गोष्ठी सफलता पुर्वक समपन्न भएको हो । पुर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्रको अध्यक्षतामा आयोजित मासिक कवि गोष्ठीमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै जनकपुर जानकी बस व्यवसायी संघका अध्यक्ष एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का युवा नेता समेत रहेका मनोज चौधरीले साहित्य समाजको दर्पन हो । साहित्यले देशलाई मात्र होइन संसारलाई जाड्ने काम गरिरहेको बताए। उनले साहित्य विधा राजनीति भन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रुपमा रुपान्तरणका लागि सबैबाट योगदान होस् ।’साहित्यबाट नै समाजमा देखिएका विभेद अन्त्य हुने उनले बताए ।
मासिक कवि गोष्ठीमा दर्जनौं कविहरुले कविता बाचन गरेका छन् । कवि गोष्ठीमा पुर्व सांसद् महेन्द्र मिश्र, शितल झा, साहित्यकार आयोध्यानाथ चौधरी,विजय दत्त मणि,काशिकान्त झा,डा. गायत्री झा,किरण झा,पत्रकार अमरकान्त ठाकुर, लाल जी ठाकुर लगायतले कविता बाचन गरेका हुन । आज ३ बजे देखी सुरु भएको कवि गोष्ठीमा सामाजिक, राजनीतिक वर्तमान अवस्था बारे दर्जनौ कविता बाचन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले अतिथिहरुलाई गमछा ओढाई सम्मान समेत गरिएको हो ।