जनकपुरधाम, कार्तिक २० गते
आज जनकपुरधाममा एक सहकारी संस्थाको वार्षिक साधारणसभा सफलता पुर्वक समपन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित कुबेर कृषि सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा समपन्न भएको हो । सहकारीकी अध्यक्ष रेणु देवीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय कार्यकारणी सदस्य एवं जिल्ला सहकारी संघका अध्यक्ष ध्रुरुप नारायण यादवको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा समपन्न भएको हो । संस्थाको कार्य प्रगति विवरण र आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष रेणु देवी साहले प्रस्तुत गरेका थिइन ।उक्त कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साह, आसमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश कुमार साह, प्रवन्धक संजीव कुमार साह लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति भइ कार्यक्रममा सहयोग र सफल बनाइदिएको संस्थाका अध्यक्ष रेणु देवीले सम्पूर्णमा धन्यवाद तथा हार्दिक बधाई संगै आभार व्यक्त गरीन् । ।