जनकपुरधाम, कार्तिक २२ गते
छठ पर्वको अवसर पारेर एक वडामा रहेका ब्रतालु महिलालाई पुजा सामग्री वितरण्मा गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष शिव कुमार साहले वडामा रहेका १ हजार ब्रतालु महिलालाई पुजा सामग्री वितरण गरेको हो । आज वडा अध्यक्ष शिव कुमार साह तथा ९५ वर्षिय वृद्ध ज्येष्ठ नागरिक शैलेष देवीको प्रमुख आतिथ्यमा वडाका ब्रतालु महिलालाई राहत स्वरुप नगद ५०५ रुपैया,साडी, साया,अगरबत्ती लगायतका पुजा सामग्री वितरण गरेका हुन । गरिव,दलित, विपन्नलाई लगायत १ हजारलाई वितरण गरेका छन् । कार्यक्रममा गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष संतोष साह लगायतको उपस्थिति रहेको थियो ।