काठमाडौं, कार्तिक २२ गते
किशोरी बलात्कारको आरोपमा एक व्यवसायी आज पक्राउ परेको छ । बलात्कारको आरोपमा अर्बपति तथा कार्गाे व्यासायी समेत रहेका मनोज अधिकारी पक्राउ परेको हो । पक्राउ परेका अधिकारी कार्गाे व्यवसायीहरुको आधिकारीक संगठन फ्रेट फरवार्डस् संघ(लेफा)का अध्यक्ष समेत हुन । व्यवसायी अधिकारीलाई महानगरीय प्रहरी वृत कमलपोखरीको टोलीले काठमाडौंको ठमेलबाट पक्राउ गरेका छन् । पक्राउ परेका अधिकारीलाई आजै पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ । पीडित किशोरीको बयान र मेडिकल चेकजाँच बढाइएको छ ।