जनकपुरधाम, कार्तिक २२ गते
यति बेला जनकपुरधाममा रौनकता छाएको छ । हिन्दु धर्माबाल्मीहरुको महान चाडपर्व छठ पर्व आएसंगै जनकपुरधामको विभिन्न बजारमा चहल पहल बढनुको साथै रौनकता छाएको हो । छठ पुजाका लागी आवश्यक पर्ने पुजा सामग्ी किन बेच गर्ने मानिसहरुको बजारमा घुइचो लागेका छन् ।
यतिखेर बजारमा छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा, स्याउ, नारिवल लगायतका पुजा सामग्री किनमेल गर्नेहरुको व्यापक भीड लागेको देखिन्छ ।
प्रदेश २ को राजधानी जनकपुरसहितका सबै जिल्लाका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरीदबिक्री धमाधम भइरहेको छ ।
“बजार यति बेला जताततै छठकै सामग्रीले भरिभराउ देखिएको छ, यही सामान किन्न बजारमा चहलपहल बढेको छ, यसले छठको रौनक पनि बढाएको छ ।यता जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले ” बजारमा छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको बताए । तराई मधेशमा छठ पर्वलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिन्छ । त्यही भएर छठको आगमनसँगै व्यापार बढेको वरिष्ठ उपाध्यक्ष साह बताउँछन् ।