जनकपुरधाम, कार्तिक २२ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह कार्यपालिका बैठक बोलाउन अनाकानी गर्दै गरेको छ । नगर कार्यपालिकाको बैठक बोलाउनुपर्ने माग गर्दै आज वडा अध्यक्षहरुले उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।नगरप्रमुख लालकिशोर साहका कारण जनकपुरधाम उपमहानगरपालिकामा विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको उपमहानगरका १२ जना वडाध्यक्षहरुको आरोप छ ।नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि उल्लेखित व्यवस्था अनुसार विगत ५ महिनादेखि उपमहानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।उनले अविलम्व ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापनसमेतको शीर्षक उपर छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग समेत गरेका छन् ।आफूहरुको मागलाई बेवास्ता गरिए कानूनी पक्रिया अनुसार थप कदम अगाडि बढाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।वडा नम्बर–१, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडाध्यक्ष र श्यामा झा तथा चंचला देवीलगायत दुईजना कार्यपालिका सदस्यले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।