जनकपुरधाम, कार्तिक २३ गते
उपप्रधान तथा गृहमन्त्री बालकृष्ण खाँडलाई जनकपुरधाम उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । आज जनकपुरधाम रामनन्नद चौक स्थित मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जउवास संघका पदाधिकारीहरुले मन्त्री खाँडलाई ज्ञापन पत्र बुझाएको हो । जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा गएको टोलीले आज विभिन्न मांग राख्दै ज्ञापन पत्र बुझाएका छन् । पुर्व अध्यक्ष निर्मल चौधरी, वर्तमान अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह,उपाध्यक्ष अम्मू साह, महासचिब मनोज कुमार साह, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साहसहितका टोलीले मन्त्री खाँठलाई ज्ञापन पत्र बुझाएको हो । आज जउवा संघले बुझाएको ज्ञापन पत्रमा
VCTS बिल भ्याट÷प्यान बिल रहेको समानहरु प्रहरीले् बरामद गर्न गराउने काम बन्द गरिनु पर्दछ उल्लेख छ ।
उपरोक्त अनुसार विल भएको समानहरु र सवारी साधन सम्बन्धित भन्सार कार्यालयले निलाम गर्न जफत गर्ने झुठा आरोप लगाइ मुद्ददा चलाउने काम बन्द गरिनु पर्दछ ।
झुठा मुद्दा सिसर्जन गर्ने गराउने सुचना कर्ता उजुरी कर्ता, समान बरामद गर्ने प्रहरी समेतलाई कार्यवाहीको दायरा भित्र ल्याउनु पर्दछ ।
समान फेला परे उद्योग वाणिज्य संघको पदाधिकारी अनिवार्य रोहवरमा राखि मुचुल्का उठाउने प्रावधान राखि गरिनु पर्दछ ।
उपरोक्त व्यवस्था कार्यान्वयनका लागी सम्बन्धित निकायहरुलाई लिखित निर्देशन प्रदान गरी सो को हामी ज्ञापन कर्तालाई बोधार्थ समेत प्रदान गरी पाउन सविनय निवेदन गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरिएको हो ।