जनकपुरधाम, कार्तिक २३ गते
उप–प्रधान तथा गृहमन्त्री बालकृष्ण खाँडले मैथिली भाषा, संस्कृति र संस्कार राष्ट्रको गहना रहेको बताए । जनकपुरधधाममा मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा मन्त्री खाँडले बताएको हो । उनले मैथिली भाषा, संस्कृति ,संस्कार, पहिरन, र भोजनको ऐतिहासिक पहिचान रहेको र यसको म सम्मान गर्छु, मैथिला र मैथिली मैथिली भाषिकका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना रहेको बताए । कार्यक्रममा मैथिली भाषाको विकास र सम्बद्र्धनका लागि छुट्टै आयोग गठन गर्न माँग सहित मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले गृहमन्त्री खाँडलाई ज्ञापन पत्र बुझाएका थिए ।ज्ञापन पत्र बुझदैं मन्त्री खाँडले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन ।
मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न ज्ञापन पत्र मार्फत गरिएको मांगलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो बताएका हुन ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरु सम्बोधन गरेकोले मैथिली भाषाको विकास तथा सम्बद्धर्नका लागि पनि ठोस कदम चाल्नेछ विश्वास व्यक्त गरे ।गृहमन्त्री खाँड भने पार्टी सभापति देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिकको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गरेको बताउंदै मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धी निर्णय गर्नुहुन्छ ।